तनहुँ खबर

करको दर घटाउन ब्यवसायिको माग

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको बृहत सुझाव संकलन कार्यक्रममा सहभागि भएका व्यवसायिहरुले करको दर घटाउनुपर्ने बताएका छन् । सुझाव संकलनको पहिलो दिन सहभागि भएका शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका महासचिव उपेन्द्र तिम्सिनाले व्यवसायिक कर बढी हुदाँ व्यवसायी मारमा परेको गुनासो गरे ।

उनले कर धेरै भएकै कारण अधिकांश ब्यवसायिहरु नगरपालिकामा दर्ता हुन नसकेको बताए । ब्यवसायिक कर घटाउन आफुहरुले बारम्बार प्रयत्न गरेको भएता पनि सुनुवाई नभएको गुनासो गर्दै आगामी निती तथा कार्यक्रममा ब्यवसायीको हित हुने कार्यक्रम समेट्न उनले माग गरे । ‘अहिले ब्यवसायिक कर कति उठेको छ हेर्नुहोस’ उनले भने ‘दर न्यून गरेर सवैलाई समेट्न सक्ने हो भने त्यो भन्दा बढी उठ्न वातावरण बन्छ ।’

उक्त अवसरमा समितिका सभापति विमलप्रसाद रिमालले बजार क्षेत्रका सरसफाईका कार्यक्रम सहित ब्यवसायीले घरभाडा सहित घर बहाल कर समेत तिर्नुपरेको विषयलाई चासो दिनुपर्ने सुझाव दिए । रिमालले घरधनीको मनपरी घरभाडा र घरबहाल समेत व्यवसायीले नै तिरिरहेको प्रशंग उठाउदै दोहोरो मारमा परेको जानकारी दिए । उनले नगरक्षेत्रमा रहेको व्यवसायिहरुलाई प्रबद्र्धन गर्ने कार्यक्रम आगामी आर्थिक बर्षमा ल्याउनुपर्ने माग समेत गरेका छन् ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!