तनहुँ खबर

पाल्पामा अवैध रुपमा राखेको रासायनिक मलको गोदाम फेला, अनुगमन टोलीले गर्‍यो शीलबन्दी

पाल्पा- पाल्पामा गोदाममा राखेको अवस्थामा अवैधानिक रासायनिक मल बरामद भएको छ । रामपुर नगरपालिका वडा नं.५ बेझाडस्थित विजय श्रेष्ठको चार तले पक्की घरको भुई तलाको सटरमा अवैध रुपमा भण्डारण गरी राखेको मल फेला परेको प्रहरीले जनाएको छ । अवैध मल भण्डारण गरी राखेको जानकारी पाएपछि रामपुर नगरपालिकाकी उपप्रमुख बालकुकारी थापासहितको अनुगमन टोलीले भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक ६ सय ५० बोरो युरिया मल फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

अवैध रासायनिक मल बरामद गरेपनि अनुगमन टोलीले उक्त सटर शिलबन्दी गरेको छ । पछिल्लो समय भन्सार छली मल ल्याउने र सरकारी अनुदानमा पाइएको मल समेत विक्री गर्ने क्रम बढेको छ । केही दिनअघि सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको युरिया मल निजी एग्रोभेटलाई बिक्री गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । यस्तै शनिबारै प्रहरीले रम्भा गाउँपालिका वडा नं. १ हुँगीबाट तीन सय ७२ बोरा अवैध युरिया बरामद गरेको थियो । बर्षे धान लागाउने बेलामा वर्षेनी रासायनिक मलको अभाव हुने गर्दछ । उक्त अभाव यो वर्ष पनि देखिएको छ । यसरी अवैधानिक रुपमा मल आयात गरी बिक्री गर्ने प्रचलनका कारण आफूहरु ठगिने तथा समयमा मल नपाउने चिन्ता बढेको किसानले गुनासो गरेका छन् ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!