पोखरा
पोखरामा फेवातालमा भएको ड्रागन बोटरेशमा डोङगुआन लेओयु क्लब ग्वाङडोङले दाहोरो उपाधि हात गरेको छ ।
आइतबार र सोमबार दुई दिनसम्म चलेको दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोटरेशमा डोङगुआन लेओयु क्लबले २०० र ५०० मिटर दुवै विधामा उपाधि हात पारेको हो ।
२०० मिटरतर्फ ४७.७२ सेकेन्ड र ५०० मिटरतर्फ २ मिनेट ४.४७ सेकेन्डमा दूरी पार गर्दै उपाधि रक्षा गरेको हो । दुवै विधामा ५÷५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्न सफल भएको छ ।
५०० मिटरतर्फ लियाओचेङ युनिभर्सिटीको समूहले २ मिनेट ७.३४ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भयो । वुहान स्पोर्टस युनिभर्सिटीको समूहले २ मिनेट ८.४४ सेकेन्डमा दूरी पूरा गरेर तेस्रो भएको हो ।
२०० मिटरमा युनान मिन्जु युनिभर्सिटीको समूहले ४८.२२ सेकेन्डमा पुरा गर्दैै दोस्रो स्थान हासिल गरेको छ । लियाओचेङ युनिभर्सिटीको समूहले २०० मिटरमा भने तेस्रो स्थान हासलि गरेको हो । यो समूहले ५०.८३ सेकेन्डमा दुरी पार गरेको छ ।
दुवै विधामा दोस्रो हुनेले २ हजार डलर र तेस्रोले १ हजार २०० डलर पुरस्कार प्राप्त गरेका हुन् ।
सहभागी १७ समूहलाई प्रतिसमूह ५ सय डलर प्रदान गरिएको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा फेस्टिभल भएको हो ।
प्रतियोगितामा २० समूहले सहभागिता जनाएका थिए । नेपालका ११, चीन ८ र सिंगापुरका एक गरी २० समूह सहभागी भएका हुन् ।