पोखरा
पोखरा भ्रमण बर्ष २०२५ को शुभारम्भको अवसरमा बेलुन पड्किएर घाइते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई ल्याइएको ल्याइएको छ । छुट्टाछुट्टै हेलिकोप्टरमार्फत दुवैलाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।
दुवै जनाको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको छ । दुवैको जनाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ । अर्थमन्त्री पौडेलको अनुहार र हातमा चोट छ । मेयर आचार्यको देब्रे पट्टीको गाला र हातमा चोट लागेको हो ।
शनिबार दिउँसो भ्रमण बर्षको शुभारम्भ गर्नलाई हाइड्रोजन ग्याँस भरिएका बेलुन फायर क्यान्डलबाट निस्किएका झिल्काले भेटेपछि दुर्घटना भएको थियो । दुर्घटनालगत्तै सुरुमा मेयर आचार्यको फिस्टेल हस्पिटलमा र अर्थमन्त्री पौडेलको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको थियो । लगत्तै थप उपचारार्थ काठमाडौं पु¥याइएको हो ।