चिस्यान केन्द्र बन्यो गलपासो, चल्दैन भन्ने छानविन नगर्ने !

दुलेगौंडा

‘चिस्यान केन्द्र जुन लोकेशनमा बनेको छ, जुन तरिकाले बनेको छ त्यो चाहिँ आजको मितिमा सञ्चालन हुने स्थितिमा छैन । सञ्चालन गर्न सक्ने नै अवस्था छैन’, शुक्लागण्डकीका उपमेयर खुमबहादुर विक ‘राजु’ को भनाइ हो यो ।

फागुन २७ गते शुक्लागण्डकी नगरपालिकाको प्रथम र दोस्रो चौमासिकको सार्वजनिक सुनवाईमा सहभागी किसानले सोधेको शुक्लागण्डकी–८ गणपतेमा निर्माण भएको चिस्यान केन्द्र कहिले सञ्चालन हुन्छ ? प्रश्नमा उनले जवाफ दिएका थिए ।

चिस्यान केन्द्रमा ट्याक्टर जिपसमेत फर्काउने ठाउँ नभएकाले सञ्चालन गर्न नसकिने उनले सुनाएका थिए । चिस्यान केन्द्र निर्माणमा संलग्न अघिल्लो कार्यकालका जनप्रतिनिधिसमेत यो विषयमा जवाफदेही बन्नुपर्ने उनको भनाइ थियो । ‘राज्यको साढे दुई करोड रुपैयाँ लगेर भड्खालोमा जाक्ने । नहेरीकन त्यसै बनाउने । अनि अहिले किन सञ्चालन गरेन भनेर पाइन्छ ?’, उनको प्रतिपश्न थियो ।

चिस्यान केन्द्र कहिले सञ्चालनमा आउछ ? राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शंकर पन्तले बैशाख १० गते दुलेगौंडामा आयोजित कार्यक्रममा प्रश्न उठाए । ‘करोडौं रुपैयाँ त्यहाँ लगानी भइसक्याछ । नबन्ने भए की भत्काएर सरुवा गर्नुप¥यो अर्को ठाउँमा । कम्तीमा हाम्रो उत्पादनले चिस्यान केन्द्र त चल्नुप¥यो नि’, उनले भने । सञ्चालन गर्न या स्थानतरण गर्न उनले सुझाए ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति शुक्लागण्डकी–४ ले आयोजना गरेको व्यवस्थित बजारका लागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उपमेयर विकले चिस्यान केन्द्र सञ्चालन गर्न नसक्ने दोहो¥याए । डिजाइनसँगै सवारी पार्किङका लागि यथेष्ट जग्गा नभएको उनको भनाइ थियो ।

उपमेयरको जवाफमा चित्त नबुझेपछि युवा व्यवसायी विपिन वाग्लेले सञ्चालन गर्नै नसक्ने स्थानमा चिस्यान केन्द्र बन्नु नीतिगत भ्रष्टाचार हो की होइन ? भनेर प्रतिप्रश्न तेर्साए ।

जनताको करबाट सञ्चालन नै नहुने ठाउँमा लगेर बनाउने राजनीतिज्ञ, कर्मचारीलाई कारबाही गर्नलाई सुझाव दिए । ‘यदि नीतिगत भ्रष्टाचार भएको हो भने उपमेयरको ठाउँबाट चल्दैन हुदैन गलत भाथ्यो मात्रै भनेर छुट पाउनुहुन्छ की उनीहरुलाई कारबाहीका लागि सिफारिस गर्न हुन्छ’, वाग्लेले भने । कस्ले गल्ती गरेको जनतालाई जानकारी दिनुपर्ने उनको माग थियो ।

नीतिगत भ्रष्टाचार भन्न आफूले नसक्ने बताउदै उपमेयर विकले भने, ‘जहाँ बन्नुपर्ने थियो त्यहाँ बनेन म उपप्रमुखबाट बाहिर निस्केर पनि भन्नसक्छु ।’ कारबाही या छानविन समिति बनाउने विषयमा भने उनी बोलेनन् ।

उसो त नगरपालिकालाई नै हाक्ने मेयर कृष्णराज पण्डित पनि उनीसँगै थिए । उनी चिस्यान केन्द्रमा विषयमा सवालजवाफ हुँदा चुइँक्क बोलेनन् । अरु सार्वजनिक कार्यक्रममा पनि चिस्यान केन्द्रको विषयमा उनी त्यति जवाफ दिदैनन् ।

संघीय सरकारसँग साझेदारीमा तीन वर्ष पहिले नै निर्माण गरिएको चिस्यान केन्द्र अझैसम्म प्रयोगमा आउन सकेको छैन । तीन करोड बढी लगानीमा निर्माण भएको चिस्यान केन्द्र सञ्चालनमा नआएपछि सर्वत्र आलोचनाको विषय बनिरहेको छ । गलत डिजाइनले चिस्यान केन्द्र सञ्चालन गर्न नसकिने नगरपालिकाका जिम्मेवार जनप्रतिनिधिसँगै कर्मचारी दोहो¥याइरहन्छन् ।

कसका कारणले राज्यको करोडौं रुपैयाँ लगानी बालुवामा पानी भयो छानविन गर्नलाई समेत नगर कार्यपालिकाले तदारुकता देखाएको पाइदैन । जनप्रतिनिध, कर्मचारी गलत डिजाइन र स्थान देखाएर उम्किरहेका छन् ।

शुक्लागण्डकीको १५ औं नगरसभाले नगरपालिकाद्वारा निर्माण गरिएको कृषि उपज संकलन केन्द्र र चिस्यान केन्द्रलाई थप व्यवस्थित गरी संचालन गर्ने बुँदा पास गरेको थियो । तर, दुवै अझैसम्म सञ्चालनमा आउन सकेको छैन । नगरसभाकै निर्णय कार्यन्वयनमा नगरसभा सदस्य सक्रिय छैनन ।

चिस्यान केन्द्र सञ्चालन हुन नसक्ने जवाफले पछिल्लो समय नागरिक अभियान्ताहरुले कतै उपकरण खरिदमा पनि भ्रष्टचार भएको त छैन भनेर आशंका उब्जाइरहेका छन् । गलपासो बनेको चिस्यान केन्द्रको विषयमा न छानविन हुन्छ न सञ्चालन । त्यसैले पनि आशंकाहरु बढिरहेका छन् ।

एआइको सहयोगमा बनाइएको प्रतिकात्मक चिस्यान केन्द्रको तस्बिर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.