बारीमा उम्रिएको च्याउ खाएका १० जना बिरामी

दुलेगौंडा– तनहुँमा बारीमा उम्रिएको च्याउ खाएका १० जना बिरामी भएका छन् । व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाएकाहरु बिरामी भएका हुन् ।

व्यास नगरपालिका–६ का ६३ वर्षीय गुरुबहादुर पुलामी, ३१ वर्षीय सुरेन्द्रबहादुर पुलामी, ३० वर्षीय नारायण मगर, २३ वर्षीया पवित्रा मगर, ४२ वर्षीय तिलबहादुर थापा मगर, ६६ वर्षीय चक्रबहादुर पुलामी, १८ वर्षीया आरती पुलामी, ३६ वर्षीय केशव पुलामी, ६५ वर्षीया सीता पुलामी र चार वर्षीय सविन पुलामी बिरामी भएका छन् ।

म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोलस्थित मामाघारमा लगेर पकाएर खाँदा बिरामी परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले बताए । शुक्रबार साँझ च्याउन खाएर बिरामी भएकाको दमौली अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.