च्यवनधामको भजन प्रतियोगितामा उपाधि हेम्जालाई

दुलेगौंडा

शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाममा भएको खुला भजनकिर्तन प्रतियोगिताको उपाधि माछापुत्छ्रे सेवा समाज हेम्जाले जितेको छ । महाशिवरात्री पर्वको अवसरमा भएको प्रतियोगितामा सहभागी ८ समूहलाई पछि पार्दै हेमजाले उपाधि जितेको हो । उपाधिसँगै नगद ५१ हजार रुपैयाँ समेत हात पारेको छ ।

शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा भएको प्रतियोगितामा भुलभुले बाराही भजन समूह शुक्लागण्डकी उपविजेता भयो । महेश्वर खनाल भजन समूह कोत्रे तेस्रो हुँदा राधाकृष्ण भजन समूह घारीले चौथो स्थान हासिल गरेको छ । ती समूहले क्रमश : ३६ हजार, २१ हजार र ५ हजार रूपैयाँको साथमा प्रमाणपत्र प्राप्त गरे ।

मौलिक भजन किर्तनको जगेर्ना गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगितामा ९ समूह सहभागी थिए ।

प्रतियोगितामा वरिष्ठ लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपाने, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगर, राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठानका उपाध्यक्ष भोला भण्डारी र भजन गायक दिनेश बलम्पाकी मगर निर्णायकको रहेका थिए ।

महाशिवरात्रीको अवसरमा च्यवनधाममा विहानैदेखि भक्तजनको घुँइचो लागेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.