बारीमा उम्रिएको च्याउ खादा तनहुँमा एक जनाको मृत्यु

दुलेगौंडा– बारीमा उम्रिएको च्याउ खादा तनहुँमा एक जनाको मृत्यु भएको छ । च्याउ खाएर बिरामी तनहुँको म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको हो ।

उनको गएराती उपचारको क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले जनाकारी दिए ।

केही दिन पहिले बारीमा उम्रिएको च्याउ खाएका १० जना बिरामी भएका थिए । तिमध्य गम्भीर बिरामी दुइ जनाको आइसियुमा उपचार भएकोमा एक जनाको ज्यान गएको हो । ४ बर्षीय सुमित पुलामी गम्भीर बिरामी भएका हुन् ।

म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोलस्थित मामाघारमा लगेर पकाएर खाँदा १० जना बिरामी भएका थिए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.