दुलेगौंडा
पहिलो पटक भएको छाङ्गेली कप भलिबल प्रतियोगिताको उपाधि ठकुरी समाज शुक्लागण्डकी नगरपालिका–१२ ले जितेको छ । तनहुँको म्याग्दे गाउँपालिका ४ र ५ मा रहेको छाङ्ग युवा सञ्जाल आयोजना गरेको प्रतियोगितामा तमु प्रगतिशील अर्चले युवा क्लब शुक्लागण्डकी–१ लाई पराजित गर्दै ठकुरी समाजले उपाधि जितेको हो ।
उपाधिसँगै ठकुरी समाजले १ लाख १ हजार रुपैयाँ हात पा¥यो । उपविजेता तमु प्रगतिशीले ५० हजार ५०० रुपैयाँमा चित्त बुझाएको छ ।
सान्त्वना म्याग्दे ५ र ६ हुन सफल भएको भए । सेमिफाइनलमा पराजित दुवै टिमले नगद १५ हजार रुपैयाँ पाएका छन् ।