अदालतमा छविलालको वयानः सबै काम जिबीको हो

तनहुँ
सूर्यदर्शन सहकारीको प्रकरणमा मुद्वा दर्ता भएपछि वयान सुरु भएको छ । सोमबार पूर्वडिआइजी छविलाल जोशीसँग वयान सुरु भएको हो ।
जिल्ला न्यायधिश नीतिज राईको इजालसमा वयान लिइएको हो । मिसिल अध्ययन गरेर २ बजेपछि बयान सुरु भएको थियो । साढे २ घण्टा लामो वयानका क्रममा जोशीलाई १५ वटा प्रश्न सोधिएको छ ।

हरेक प्रश्नमा उनले आफूलाई जिबी राईले फसाएको जवाफ दिएका छन् । ‘सबै काम जिबीले गरेका हुन् । मैले सहकारीको पैसा मासेको छैन’, वयानमा उनले भने ।

काठमाडौंमा रहेको घर नेचर हर्ब्स इन्टरनेसनलको कार्यालय राख्न लगाएको उनको भनाइ थियो । पूर्वडिआइजी छविलाल जोशीले ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरणको मुद्वा परेको छ ।

गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक जोशी असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनकै घरबाट सूर्यदर्शन सहकारीको सफ्टवयर बरामद भएपछि रकम हिनामिना प्रकरणमा जोडिएकाबारे थप खुलासा भएको थियो ।

सोमबार उनीसँग सहकारी ठगी मुद्वामा वयान लिइएको हो । भोलि उनकै वयान निरन्तर हुनेछ ।

जोशीविरुद्ध सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्धा चलाइएको छ । छविको वयान सकिएपछि मात्रै पूर्वगृहमन्त्री रवि लामीछाने, रामबहादुर खनाल, गिता पछाई, कृष्णबहादुर खनालको वयान लिइनेछ । वयान सकाएर थुनछेक बहस सुरु हुनेछ । त्यसपछि अदालत थुनामा पठाउने, धरौटी या साधारण तारेखमा छाडेर प्रक्रिया अगाडी बढाउने आदेश दिनेछ ।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले ४४ जनालाई प्रतिवादी बनाएर मुद्वा दायर गरेको हो । त्यसमध्ये ८ वटा कम्पनी र पाँच जना सम्पत्ति जफत प्रयोजनार्थ रहेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.