छविको वयान सकाएर लिलाको सुरु

पोखरा

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको प्रकरणमा मुद्वा खेपेका पूर्वडिआइजी छविलाल जोशीको वयान सकिएको छ । छविको जिल्ला अदालत कास्कीमा सोमबार र मंगलबार वयान लिइएको हो ।

जिल्ला न्यायाधिश नीतिज राईको इजालसमा छविको वयान सकिएपछि लिला पछाईको वयान सुरु भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए । लिलाको वयान सकिएको छैन । बुधबार क्रिसमस डेको सार्वजनिक विदा छ । बिहिबार अदालत खुलेपछि लिलाको वयान निरन्तर हुने अधिकारीको भनाइ छ ।

सूर्यदर्शन सहकारीको पूर्वअध्यक्ष रहेका सञ्चाल गितेन्द्रबाबु राई (जिबी) सँग मिलेर रकम अपचलनको अभियोग पछाईंलाई लागेको छ ।

गुल्मीको मुसिकोट नगरपालिका–४ घर भई हाल जिल्ला ललितपुरको ललितपुर महानगरपालिका–१५ खुमलटार बस्ने पछाईंलाई असोज १४ गते पक्राउ गरिएको थियो । जीबीसँग मिलेर तीन करोड रुपैयाँभन्दा बढी अपचलन गरेको आरोपमा लिला पक्राउ परेकी थिइन् ।

जीबीको रकम परिचालन गरी १७ करोड बराबरको सेयर विभिन्न कम्पनीमा खरिद प्रहरी अनुसन्धानले देखाएको छ । आइतबार जिल्ला अदालत कास्कीमा दायर भएको अभियोगपत्रमा सहकारी ठगीतर्फ पछाईसँग २ करोड २४ लाख ७५ हजार ८ सय रुपैयाँ बिगो माग गरिएको छ ।

सहकारी ऐन, २०७४ को दफा १२४ को उपदफा (१) को खण्ड (घ) (६) बमोजिम ८ देखि १० वर्षसम्म कैद सजाय र बिगोबराबरको जरिवाना सरकारी वकिल कार्यालयले माग गरेको हो ।

मंगलबार जिल्ला अदालतमा छवि र पछाईंसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामीछाने र नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाललाई अदालत पु¥याइएको थियो । सूर्यदर्शन सहकारीका सञ्चालक रहेका कृष्णबहादुर गुरुङ भने बिरामी भएकाले अदालत ल्याइएन ।

सूर्यदर्शन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रवि, छवि, गिता, रामबहादुर र कृष्णबहादुरको वयान सकिएपछि मात्रै थुनछेक बहस सुरु हुनेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.