दुलेगौंडा– शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले प्रकाशन गरेको नयाँ वर्ष २०८२ सालको क्यालेन्डर विमोचन गरिएको छ । मंगलबार दुलेगौंडामा आयोजित कार्यक्रममा क्यालेन्डर विमोचन गरिएको हो ।
शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित, श्री नम्बर ३ बाहिनी अड्डा खैरेनीटारका बाहिनीपति सहयाक रथी अमितकाजी गुरुङ, शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे लगायतले क्यालेन्डरको विमोचन गरे । कार्यक्रममा नयाँ वर्षको शुभकामना आदनप्रदानसमेत गरियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै शुक्लागण्डकीका मेयर पण्डितले कोरोनापछि व्यपार व्यवसाय शिथिल भएको बताए । व्यवसायिले तिरेको करले राज्य दरो हुने उनको भनाइ थियो ।
आय आर्जनमा जोडेर युवालाई आत्मनिर्भर बनाउनुपर्ने उनले बताए । दीर्घकालीन आम्दानी हुने बाटोमा अगाडि बढ्नु मेयर पण्डित बताउँन् । आयतित बस्तुको खपतले स्वास्थ्यमा समस्या आइरहेकाले स्थानीय सामाग्रीको खपत बढाउनुपर्नेमा उनको जोड थियो ।
श्री नम्बर ३ बाहिनी अड्डा खैरेनीटारका बाहिनीपति सहयाक रथी अमितकाजी गुरुङले व्यपार व्यवसाय वृद्धिको वर्ष बनाउनुपर्नेमा जोड दिए ।
प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले उद्योग वाणिज्य संघ र स्थानीय सरकारबीच सहकार्य साझेदारीको आवश्यकता औंल्याए ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा इलका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक पोषण थापा, शुक्लागण्डकी–४ का वडाध्यक्ष राजकुमार वाग्ले, शुक्लागण्डकी–२ का वडाध्यक्ष सुमन राना मगर, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुमन सापकोटा, महासचिव सुजन श्रेष्ठ लगायतले बोलेका थिए ।
सो अवसरमा चौथो शुक्लागण्डकी महोत्सवबाट भएको मुनाफाले सामाजिक उत्तरदायित्व वहन गर्नलाई गौसंरक्षण केन्द्रको लागि पराल खरिद गर्न ७ हजार ५०० रुपैयाँ र दोस्रो कोत्रे, भूजिकोट, स्थानथोक राष्ट्रिय खुला उकालो दौडको आयोजक अन्नपूर्ण युवा क्लबलाई १० हजार ५०० रुपैयाँ सहयोग प्रदान गरिएको छ ।