वडाध्यक्ष थापाले पञ्चमुनिदेवमा स्थापना गरे १ लाख ११ हजारको अक्षयकोष

दुलेगौंडा– शुुक्लागण्डकी नगरपालिका–६ का वडाध्क्ष बुद्धिबहादुर थापाले पञ्चमुनिदेव मावि दुलेगौंडामा अक्षयकोष स्थापना गरेका छन् । गरिव र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने उदेश्यले थापाले अक्षयकोष स्थापना गरेका हुन् ।

पञ्चमुनिको ५५ औं वार्षिकोत्सव एवम् अभिभावक दिवसको अवसरमा सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको उपस्थितिमा १ लाख ११ हजार १ ११ रुपैयाँको चेक विद्यालयलाई हस्तानतरण गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठलाई चेक हस्तानतरण गरेका हुन् । उनले यसअघि खैरेनी मावि र कुमारी प्राविमा पनि सोहि रकम बराबरको अक्षय कोष स्थापना गरेका छन् ।

वडाध्यक्ष थापाले सरकारले दिने सेवासुविधामा थप गरेर अक्षयकोष स्थापना गरेको बताए ।कोषको ब्याजबाट प्राप्त आम्दानी प्रत्येक वर्ष जेहेन्दार र गरिव विद्यार्थीलाई सहयोग गरिने छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.