दुलेगौंडा
तनहुँमा विभिन्न कार्यक्रम गर्दैै २५६९ औं बुद्ध जयन्ती मनाइएको छ । जिल्लाको दुलेगौंडा, दमौली, आँबुखैरेनी लगायतका स्थानमा शान्ति ¥यालि लगायतका विभिन्न कार्यक्रम गर्दै मनाइएको छ ।
शुक्लागण्डकी नगरपालिका–४ पुल्चोकमा रहेको बौद्ध शान्ति सदनले पनि गौतम बुद्धको महिमाको वर्णन गर्दै बुद्ध जयन्ती मनाइएको छ । विश्वमा शान्तिको कामना गर्दैै प्रवचन, दीप प्रज्वलन लगायतका कार्यक्रम भएका थिए ।
बुद्ध जयन्तिको शुभकामना आदानप्रदान कार्यक्रमसमेत भएको थियो । कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले गौतम बुद्धले विश्वमा नेपाललाई चिनाएको बताए । ‘विश्वमा भएका युद्धलाई समाप्त पार्न बुद्धले अपनाएको नीति, विचार र सिद्धान्तले काम गरेको छ’, उनले भने ।
बुद्धको मार्गदर्शनले समाजलाई शान्तिको मार्गमा डो¥याइरहेको उनको भनाइ छ । बुद्धको ज्ञानलाई व्यवहारमा लागु गर्न आवश्यक रहेकोमा मेयर पण्डितको जोड छ । विश्वले मानेको बुद्धलाई तीनै तहका सरकारले सम्मान दिन नसकेको उनले बताए ।
बौद्ध शान्ति सदन पुल्चोकका अध्यक्ष सुर्यबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका निवर्तमान केन्द्रिय उपाध्यक्ष मन्धरी आले, गुरुङ मगर सांस्कृतिक एकता समाजका उपाध्यक्ष चन्द्र थापा, ढोरबाराही एकता समाजका अध्यक्ष सन्तोष थापा, भुरुङ्गे मगर समाजका बलविर थापा, बौद्ध शान्ति सदन तथा विहारका सचिव रुपा राना लगायतले बुद्धको उपदेश अनुशरण गरे विश्वमा शान्ति कायम हुने बताए ।