रियोको फ्रुटीमा भेटियो लेउ !

तनहुँ

रियोको मिक्सड फ्रुटीमा लेउ फेला परेको छ । म्याद भएकै फ्रुटीमा लेउ भेटिएको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा एक बालकले खादै गरेको फ्रुटीमा लेउ फेला परेको हो । बिहिबार फ्रुटमा लेउ भेटिएको तस्बिर र भिडियो सार्वजनिक भएको छ ।

‘बच्चाले खाँदै गरेको फ्रुटीमा लेउ भेटिएको हो । कस्ले कहाँबाट ल्यायो भन्ने पत्तो भएन’, प्रत्यक्षदर्शी ऋषेश्वर भुवाइ ‘ऋृतु’ ले जानकारी दिए ।

१८० मिलिलिटरको ३० रुपैयाँ मूल्य पर्ने बट्टामा लेउ फेला परेको छ । २०२५÷०५ उत्पादन मिति लेखेकोमा ९ महिनासम्म प्रयोग गर्न मिल्ने लेखिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.