झाभुरा जोगाउन जुटे मगर समुदाय

तनहुँ
मगर समुदायमा प्रचलित झाभुरा (झाम्रे) भाका जोगाउने पहल थालिएको छ । पछिल्लो समय रोधी बस्ने प्रचलनसँगै लोप भएको झाम्रे भाका जोगाउन पहल थालिएको हो ।
मगर समुदायकी अगुवा कृष्णकुमारी मगरको नेतृत्वमा झाम्रे संरक्षण गर्न म्युजिक भिडियो तयार पारिएको छ । तनहुँको शुक्लागण्डकी पेरीफेरीमा प्रचलित रहेको भाकालाई टिपेर ‘भेट भो साली नम्बरी सुन जस्तो’ बोलको गीतसँगै म्युजिक भिडियो तयार पारिएको हो ।
कृष्णकुमारीको शब्द सिर्जनामा तयार पारिएको गीतमा देउबहादुर थापा मगर र कमला थापा मगरको स्वर रहेको छ । लयसँगै एरेन्ज, रेकर्डिङ, मिक्सिङ दिवस थापा मगरले गरेका हुन् । लय संकलन हर्क आले मगरको हो ।
अशोक आले मगरको निर्देशनमा तयार भएको भिडियो केशव आले मगरले खिचेका हुन् ।
समिर राना मगर, तानिसा थापा मगर, डिलबहादुर थापा मगर, चन्द्रकला राना मगरको अभिनय छ । तनहुँको पर्यटकीय गाउँ शुक्लागण्डकी नगरपालिका–२ दगाममा भिडियो छायांकन गरिएको हो ।
गीतले भन्छः
मकनपुरको उकालो धाको छु
साली भेट्न दगाम गाउँ आको छु …..

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.