ऋषेश्वर भुवाइलाई पतञ्जली शुक्लागण्डकीको सम्मान

दुलेगौंडा

पतञ्जली नगर योग समिति शुक्लागण्डकीले ऋषेश्वर भुवाई (ऋतु) लाई सम्मान गरेको छ । सातौं स्थापना दिवसको अवसरमा बुधबार विहान आयोजित कार्यक्रममा भुवाईलाई सम्मान गरिएको हो ।

महिला पतञ्जली योग समिति तनहुँकी प्रभारी पार्वती पौडेल, पतञ्जली नगर योग समिति शुक्लागण्डकीका संयोजक एकनारायण गौतम, आजिवन सदस्यद्वय पवित्रा पौडेल रिमाल र लक्ष्मी थापा पौडेलले संयुक्त रुपमा कदरपत्रले सम्मान गरेका हुन् ।

सम्मानित भुवाई नगर समितिका सल्लाहाकारसँगै युवा नेपाल समिति तनहुँका संयोजक हुन् ।

शुक्लागण्डकी नगरपालिकामा योगको सुरुवात अमुल्य भूमिका निर्वाहा गरेकाले सम्मान गरेको समितिका महामन्त्री बालकृष्ण विकले बताए ।

सात वर्ष अगाडि भुवाइ लगायतको सक्रियतामा सुरुवात भएको योग अहिले शुक्लागण्डकीमा विस्तार भइरहेको छ । हरेक दिन विहान यहाँका १० केन्द्रमार्फत योगाभ्यास हुने गर्दछ ।

पतञ्जली नगर योग समिति शुक्लागण्डकीका संयोजक एकनारायण गौतमको अध्यक्षतामा भएको सातौं स्थापना दिवस तथा योग शिक्षक भेटघाट कार्यक्रममा स्वागत मिनबहादुर भुजेलले गरेका थिए ।

शुक्ला हिलेटार शिवालय मन्दिर क्षेत्रमा भएको कार्यक्रममा महिला पतञ्जली योग समिति तनहुँकी प्रभारी पार्वती पौडेल, पतञ्जली नगर योग समिति शुक्लागण्डकीका निर्वतमान अध्यक्ष दीपक श्रेष्ठ, सल्लाहाकार ऋषेश्वर भुवाई (ऋतु), बुद्धटोल लहरेपिपल योग साधान केन्द्रका प्रशिक्षार्थी क्याप्टेन दीपक क्षेत्री लगायतले बोल्दै तन, मनलाई स्वस्थ्य राख्न योग गर्नुपर्नेमा जोड दिए ।

योगाभ्यास गरिरहेका प्रशिक्षार्थीले योग थालेपछि सुगर,प्रेसर, ढाड दुख्ने जस्ता रोग निर्मुल भएको अनुभव सुनाएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.