पुसमा कोल्मा क्रसकन्ट्री दौड हुने

तनहुँ

स्याङजाको कोल्मामा क्रसकन्ट्री दौड प्रतियोगिताको तयारी सुरु भएको छ । सातसय कोल्मा बाहकोट सम्पर्क मञ्चले पुस ८ गते प्रतियोगिता गर्न तयारी थालेको हो ।

यो वर्ष चार विधामा दौड हुने बुधबार पत्रकार सम्मेलन गर्दै घोषणा गरिएको छ । २५ किलोमिटर दूरीमा २१ वर्षमाथिको उमेर समूहका महिला पुरुषका लागि खुला दौड क्रसकन्ट्री दौड प्रतियोगिताका संयोजक चित्रबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार १० किलोमिटर दूरीमा खुला महिला, १० किलोमिटरमै २१ वर्षमुनिका पुरुष र विद्यार्थीका लागि ५ किलोमिटर दूरीको दौड हुनेछ ।

२५ किलोमिटर दुरीको दौडको विजेताले ५० हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउने सातसय कोल्मा बाहकोट सम्पर्क मञ्चका महासचिव जिवन पोखरेलले बताए । उपविजेताले ४० हजार रुपैयाँ, तेस्रो हुनेले ३० हजार रुपैयाँ पाउनेछ ।

खुला महिलाको विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० हजार रुपैयाँ र तेस्रोले ५ हजार रुपैयाँ पाउनेछन् ।

१० किलोमिटर २१ वर्षमुनिका धावकमध्य विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० हजार रुपैयाँ, तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउनेछ ।

विद्यार्थीको विजेताले १२ हजार रुपैयाँ, उपविजेताले ८ हजार रुपैयाँ र तेस्रोले ४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिता सञ्चालन गर्न १२ लाख ३४ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.