पोखरा
इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिन गर्ने देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
मंगलबार जिल्ला अदालत बाग्लुङको पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो ।
जिल्ला न्यायधिश रमेशकान्त अधिकारीको एकल इजालसले थुनछेक बहसपछि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालत बागलुङका तहसिलदार शिवप्रसाद गौतमले बताए ।
बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका नेपाली रकम हिनामिना गरेर १६ महिनादेखि फरार थिए ।
भारतको दिल्लीबाट पक्राउ परेका नेपालीलाई शनिबार काठमाडौं ल्याइएको थियो । आइतबार पोखरा विमानस्थल हुँदै बाग्लुङ पु¥याईएको हो । सोमबार जिल्ला प्रहरी कार्यालय बागलुङले नेपालीलाई अदालतमा पेश गरेको थियो । सोमबार वयान लिइएपछि मंगलबार थुनछेक बहस भएको हो ।
नेपालीसँगै पक्राउ परेर बागलुङ ल्याइएको सहकारी ठगीमा संलग्न ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जी भने धरौटीमा छुटेका छन् । एक लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका हुन् ।