दुलेगौंडा । तनहुँको एक सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको सहजताका लागि सुर्य नेपाल प्रा.लि.ले ‘स्कुल बस’ सहयोग गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका– ७ मा रहेको सुर्य नेपाल प्रालिले सोही वडाको खैरेनीटारमा रहेको श्री सरस्वती माध्यमिक विद्यालयलाई एक थान बस सोमबार हस्तान्तरण गरेको हो ।
विद्यालयमा आयोजना गरिएको स्कुल बस ग्रहण कार्यक्रमलाई सम्वोधन गर्दै प्रा.लिका प्रमुख बाबुराम कार्कीले विद्यालयलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बस उपलब्ध गराएको जानकारी दिए । उनका अनुसार प्रा.लिल. उपलब्ध गराएको बसको व्यवस्थापन र मर्मत विद्यालयले गर्नेछ ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिका– ७ का वडाध्यक्ष खड्क सिं थापाले विद्यालयमा विद्यार्थी आकर्षण गर्न प्रर्याप्त पुर्वाधारको विकास भएकाले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताए । वडाध्यक्ष थापाले बस प्राप्त गरेसँगै अन्य विद्यालयसँग प्रतिष्पर्धा गरेर विद्यार्थी आकर्षण गर्नुका साथै शैक्षिक प्रगति गर्ने अपेक्षा राखेको बताए ।
प्रा.लिकाका मानव संसाधन शाखाका प्रमुख अञ्जन दवाडीले सहयोग स्वरुप प्रदान गरिएको बस शैक्षिक गुणस्तर कायम गर्न सहयोगी बन्ने विस्वास व्यक्त गरे । तनहुँको शुक्लागण्डकी र म्याग्दे गाउँपालिकामको सामाजिक विकास क्षेत्रमा सुर्य नेपाल प्रा.लिले निरन्तर सहयोग उपलब्ध गराउदै आएको छ । प्रालिकाले विशेष गरि शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग पु¥याउदै आएको छ ।
खैरेनीटार र आसपासका तीनसय बढी विद्यार्थी यस विद्यालयमा अध्ययनरत रहको विद्यालयका प्रधानाध्यापक नारायण पौडेल जानकारी दिए ।