तनहुँ खबर

पुष्पखेती गर्ने किसानलाई म्याग्देमा अनुदान

म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकाले सयपत्री फुल खेति गर्ने किसानलाई अनुदान दिएर कृषि प्रति आकर्षित गर्न थालेको छ ।

आगामी तिहारलाई लक्षित गरि सयपत्री फुलको खेती गर्ने किसानलाई गाउँपालिकाले ७५ प्रतिशत आर्थिक सहयोग अनुदानको रुपमा उपलब्ध गराएको हो । गाउँपालिकाको सहयोग प्राप्त गरेपछि म्याग्दे ५ मालेबगरका सुसन पौडेलले यस बर्ष चार हजार सयपत्रीका विरुवा लगाएका छन् । उनले अनुदान पाएपछि कृषि पेशामा उत्साह थपिएका बताए ।

पौडेलले ठुलाखेतमा सुरु गरेको फुल खेतिको म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले समेत निरिक्षण गरि सकरात्मक प्रतिक्रिया दिएका छन् । गाउँपालिका कृषि शाखाका कर्मचारी सहित पुगेका घिमिरेले उपयुक्त स्थानको छनौट गरि फुलखेति गरेकाले उत्पादन र विक्रीमा समस्या नहुने बताए ।

‘पुष्पखेति विकास कार्यक्रम’ म्याग्दे गाउँपालिकामा पुष्प खेतीको आवश्यकतालाई मध्यनजर गर्दै संचालन गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

सत्रपत्री फुलमा देश आत्मनिर्भर हुन नसक्दा बर्षेनी छिमेकी देशसँग निर्भर भईरहेको अवस्थालाई अन्त्य गर्न पछिल्ला केही बर्ष यता तनहुँका कृषकहरु फुल खेति तर्फ आकर्षित भएका छन् । सानो लगानीमा राम्रो आम्दानी समेत गर्न मिल्ने भएपछि फुलखेति तर्फ कृषकहरु आकर्षित भएको पाईन्छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका सहित विभिन्न स्थानमा कृषकहरुले व्यवसायिक फुल खेति गर्दै आएका छन् ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!