मकैको खाएको निहुँमा निलडाम हुने गरेर विद्यार्थी कुटिए, अभिभावकले शिक्षक कुटे

दुलेगौंडा

तनहुँमा शिक्षकले विद्यार्थीलाई निलडाम हुने गरेर कुटपिट गरेका छन् । व्यास नगरपालिका–३ शान्तिनगरस्थित दमौली आवसीय माविका शिक्षक अर्विन नेपालीले तीन जना विद्यार्थीलाई निलडाम हुने गरेर कुटेका छन् ।

विज्ञान शिक्षक नेपालीले कक्षा ८ मा अध्ययनरत संकल्प कँडेल, रिदम खड्का र जुन गुरुङलाई पाइपले निलडाम हुने गरेर कुटेका हुन् । गालामा र कम्मरमा डाम बस्ने गरेर कुटेका छन् ।

शिक्षक नेपालीले एक्सट्रा क्लासमा मकै खाएपछि कुटेको बताएका छन् । ‘मैले साइन्सको एक्सट्रा क्लास लिएको हो । एक्सट्रा क्लासमा तिनीहरुलाई पढ भनेर बसिरहेको थिए’, कुटेको स्वीकार गर्दै उनले भने, ‘मकै खाएको गन्ध आयो । उठाएर सोधें । बुकमै भएको प्रश्न सोधेको हो । बाहिरको प्रश्न सोधेको छैन । जानेनन् । त्यसपछि कुटेको हो ।

कक्षामा मकै खाने नियम नभएको उनको भनाइ छ । ‘विद्यार्थीलाई शिक्षक भएपछि त अलिकति कुट्ने हक त हामीसँग नि हुन्छ । मायाले पढाएर त कहाँ हुन्छ र ?’ सञ्चारकर्मीसँग उनले प्रतिप्रश्न गरेका छन् । उनले थोरै कुट्दा पनि डाम बसेको जिकिर गरे । नेपाली तीन वर्षदेखि उनले गोरखकाली आवसीयमा पढाउदै आइरहेका छन् ।

विद्यार्थी कुटेको निहुँमा आक्रोशित अभिभावकले शिक्षक नेपालीमाथि पनि हातपात गरेका छन् ।

कुटपिट गरेको विषय भने अहिलेसम्म जाहेरी नपरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले बताए । अभिभावकलाई छलफलका लागि बोलाएको उनको भनाइ छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.