गण्डकीमा मगर र गुरुङ भाषा सम्बन्धीको विधेयक प्रमाणीकरण

पोखरा
गण्डकी प्रदेश सभाले पारित गरेको दुई विधयेक प्रमाणीकरण भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार दुई वटा विधयेक प्रमाणीकरण गरेका हुन् ।

‘गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण भएको हो ।

‘गण्डकी प्रदेश सभा बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम माननीय प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ’, प्रदेश प्रमुखको कार्यालयकी सहायक प्रवक्ता सीता सापकोटा सुवेदीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

दुवै विधेयक प्रमाणीकरणका लागि साउन १२ गते प्रदेश प्रमुखको कार्यालयमा प्राप्त भएको उल्लेख छ । विधयेक प्रमाणीकरण भएसंगै अब ऐनको रुपमा कार्यान्वयन हुनेछ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.