तनहुँ खबर

पञ्चमुनीदेव माविमा नयाँ विद्यार्थीलाई सम्मान

दुलेगौँडा । तनहुँकै नमुना विद्यालयको रुपमा स्थापित शुक्लागण्डकी नगरपालिका स्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयमा कक्षा ११ को विभिन्न समुहमा भर्ना भएको नयाँ विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

विद्यालयले सांगितिक कार्यक्रम सहित नयाँ विद्यार्थीहरुलाई सम्मान गरेको शिक्षक लक्ष्मण पुरीले बताए । कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर वि.कले विद्यार्थीहरुलाई प्रतिभा प्रष्फुटन गर्न आग्रह गरे । ‘हाम्रा यहाँका विद्यार्थीहरु पनि विभिन्न कला र गलाले भरिपूर्ण रहेका छन्’ विकले भने, ‘समिक्षा अधिकारीजस्तै बन्न आफुसँग भएको प्रतिभाको पहिचान गरेर प्रस्तुत गर्न सक्नुपर्छ ।’ उनले विद्यार्थीहरुलाई अध्ययनप्रति जागरुक बन्न समेत जरुरी रहेको बताए ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका – ४ का वडाध्यक्ष राजकुमार वाग्लेले नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै रुचिअनुसारको अध्ययन गर्न सुझाव दिए । उनले अध्ययन नै सहज जिवनको चावि भएकाले गम्भिर हुन आग्रह गरे ।

कार्यक्रममा पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारीले आफ्ना लोकप्रिय गितहरु मार्फत मनोरञ्जन प्रदान गरेकी थिईन् । उनले धनगढीको बसमा, बालापनको उमेर, सुर्ति माड्दा माड्दै, कुरा बुझ्न पर्छ लगायतका गित प्रस्तुत गरेकी थिईन भने विद्यार्थीहरुले विभिन्न गितहरुमा नृत्य प्रदर्शन गरेका थिए ।

पञ्चमुनीदेव माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्रमा झण्डै चार सय जना नयाँ विद्यार्थी अध्ययनका लागि भर्ना भएको शिक्षक पुरीले जानकारी दिए । कक्षा १२ सम्म अध्यापन हुने विद्यालयमा ११ र १२ मा विज्ञान, ब्यवस्थापन, शिक्षा र पशुविज्ञान समुहमा विद्यार्थी अध्ययन गर्न सक्दछन । विद्यालयमा अहिले २३ सय ८६ विद्यार्थी अध्यापन गर्ने विद्यालयले जनाएको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!