शुक्लागण्डकीका विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन हुने

दुलेगौंडा
शुक्लागण्डकी नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन हुने भएको छ । ३ वर्षे म्याद असार मसान्तमा सकिएसँगै नयाँ समिति गठन हुने भएको हो ।

शुक्लागण्डकी नगरपालिकाको शिक्षा शाखाले शिक्षक अभिभावक संघ गठन गरेर विवरण नगरपालिकामा पेश गर्न भनेको छ ।

‘शुक्लागण्डकी नगर शिक्षा ऐन २०७५ को दफा १२ को उपदफा (४) मा विद्यालय व्यवस्थापन समितिको पदावधि ३ वर्षको हुने व्यवस्था भए बमोजिम २०८२ असार मसान्तमा पदावधि समाप्त भएकोले यस नगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुले २०८२ श्रावण मसान्तभित्र शिक्षा ऐन बमोजिम विद्यालय व्यवस्थापन समिति र शिक्षा नियमावली २०७४ (संशोधन सहित) को नियम ३२ बमोजिम शिक्षक अभिभावक संघ गठन गरी सो सम्बन्धी विवरण यस नगरपालिकामा उपलब्ध गराउनु हुन अनुरोध छ’, शिक्षा शाखा प्रमुख उपसचिव नवराज चापागाईंद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

वडाध्यक्ष संयोजक, सम्बन्धित विद्यालयका प्रधानाध्यापक र वडा सचिव सदस्य रहने गरी ३ सदस्यीय सहजीकरण समिति गठन गरी आवश्यक समन्वय तथा सहजीकरण गर्नका लागि अनुरोध गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.