दुलेगौँडा । आगमी भदौ २१ देखि काठमाडौं मा हुने अन्डर – 19 च्याम्पीयनशिप फूटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलि निर्माणको छनौटमा पर्न सफल तनहुँ शुक्लागण्डकी नगरपालिकाका दुई खेलाडीलाई नगर प्रमुख कृष्णराज पण्डितले बिदाई गरेका छन् ।
नेपालको प्रतिनिधित्व गर्ने राष्ट्रीय टिम निर्माण गर्न अहिले देशको सातै प्रदेशबाट खेलाडी छनौट गरिएको छ । गण्डकी प्रदेशमा छनौटमा पर्न सफल शुक्लागण्डकी नगरपालिकाका पुर्ण गुरङ र सँगम गुरुङलाई नगर प्रमुख पण्डितले सम्मान सहित बिदाई गरेका हुन्। बिदाईको क्रममा उनले स्थापना गरेको नगर प्रमुख सहायता कोष मार्फत जनही ५/५ हजार आर्थिक सहयोग समेत प्रदान गरेका थिए । खेलाडीहरु काठमाडौंमा रहेर प्रशिक्षण लिने क्रममा सहज होस भन्ने उदेश्यले आर्थिक सहयोग उपलब्ध गराएको पण्डितले बताए ।
दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा आगमी भदौ २१ देखि ३० सम्म प्रतियोगिता हुनेछ । उक्त प्रतियोगिताका लागि उनिहरुसहित गण्डकी प्रदेशबाट १०६ जना खेलाडी छनौटमा परेका छन । काठमाडौं मा हुने तालिम र प्रशिक्षणपछि उत्कृष्ट हरुलाई राष्ट्रीय टिममा समाबेश गरिने छ ।