तनहुँ खबर

नेकपा एस तनहुँको अध्यक्षमा श्रेष्ठ चयन

दमौली । नेपाल कम्युनिष्ठ पार्टी एकिकृत समाजवादी तनहुँको अध्यक्षमा काजीमान श्रेष्ठ चयन भएका छन् । आईतबार जिल्ला पार्टी कार्यालय दमौलीमा सम्पन्न भएको विस्तारित बैठक मार्फत श्रेष्ठलाई अध्यक्ष चयन गरिएको हो ।

यस अघि पार्टीको प्रदेश सदस्य र भिमाद नगर कमिटीको अध्यक्ष रहेको श्रेष्ठलाई बैठकले जिल्लाको नेतृत्व गर्ने अवसर प्रदान गरेको केन्द्रिय पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठले बताए । ‘सवैले मान्न सक्ने र सवैलाई मनाउने सक्ने नेताको परिचय बनाउनुभएको उहाँलाई अध्यक्ष बनाउदाँ पार्टीको गतिविधी चलायमान हुने भएकाले चयन गरिएको हो ।’श्रेष्ठले भने ।

तत्कालिन नेकपा एमालेसँग बैचारिक मतभेद देखाउदै माधवकुमार नेपालको नेतृत्वमा गठन गरिएको नेकपा एसको तनहुँमा श्रीराम कार्की अध्यक्ष रहेका थिए । उनी केही हप्ता अघिमात्र एमालेमै फर्किएपछि पार्टीले श्रेष्ठको नेतृत्वमा पार्टी पुर्नगठन गरेको हो । बैठक जिल्ला कमिटी सदस्यमा थप ११ जनालाई समेत मनोनित गरेको छ । जिल्ला सदस्यहरुमा बालकृष्ण कंडेल, डिल्लीराम शर्मा, लक्ष्मण परियार, मनिराज आले, कुशल अधिकारी, घनश्याम सुवेदी, गणेश मगर, राजेश परियार, लिलबहादुर थापा, सुर्य सुवेदी र सरस्वती वस्ती रहेका छन् ।

बैठकलाई सम्बोधन गर्दै केन्द्रिय पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ, पार्टीको केन्द्रिय लेखा आयोगका उपाध्यक्ष विद्यानाथ ढकाल, केन्द्रिय सदस्यहरु कलिला खान, शंकर पोख्रेल, भक्तबहादुर रसाईली लगायतले पार्टी छोडेर जानेहरुले प्राप्त गरेको राजनितीक अवसर तथा नियुक्ती खारेज गराउने र पार्टीमा गम्भिर समिक्षा गरेर तनहुँमा गतिविधी चलायमान बनाउनुपर्नेमा जोड दिएका थिए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!