तनहुँ खबर

आज बदर ईद, मुस्लिम बस्तीमा विशेष रौनक

दुलेगौंडा । मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि मनाईरहेका छन् ।

इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जङ्गलमा लगेपछि छोरालाई बलि चढाउँन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको सम्झनामा यो पर्व हर्षाेउल्लास सहित मनाउने प्रचलन रहेको नेपाल मुस्लिम समाज गल्छिनाका पुर्व अध्यक्ष हाजि सफि उल्लाह मियाले बताए ।

यसरी बलि दिइएको दिन इस्लामिक पात्रो अनुसार १२औँ महिना जिल हिज्जाको १०औँ तारिखमा भएकाले यस दिन बकर इद मनाउने परम्परा सुरु भएको उनले बताए । मुस्लिम समुदायले आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्छन् । नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ ।

कुर्वानी दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा छ । मुस्लिम समुदायको बकर इदका अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

आज मुस्लिम समुदायको बसोबास रहेको स्थान विशेष रौनक देख्न सकिन्छ । तनहुाको शुक्लागण्डकी नगरपालिका स्थित गल्छिनामा रहेका मुस्लिम समुदायले सामुहिक नमाज पढेर यति बेला एक अर्कालाई शुभकामना दिने, पाहुना बोलाएर बलि लिएका जनावरको मासुबाट बन्ने मिष्ठान्न खाना खुवाएर खुशी ब्यक्त गरिहेको समाज अध्यक्ष जुम्मादिन मियाँले जानकारी दिए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!