मौरी र बाख्रा पालनमा भिरखोइरेको लगाव

दुलेगौंडा

२०७६ चैत दोस्रो साता । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न देशमा लकडाउन सुरु भयो ।

लकडाउनले हरेक क्षेत्र ठप्प भए । हप्तादिन नबित्दै कला क्षेत्र शिथिल बन्यो । कलाकारलाई दुई छाक टार्न समस्या भएका खबरहरु बाहिरिन थाल्यो । ती खबरले एक दशकदेखि कलाकारितामा संघर्ष गरिरहेका सुरज भिरखोइरे (वाग्ले) को मगज रन्थनियो ।

देश ठप्प भएको बेला रन्थनिएको दिमागमा अनेकन कुराहरु खेलिरहे । ‘के गरुँ ? कसो गरुँ ? यिनै प्रश्नले उनको मनपेट भतभती भयो । देश विदेश चाहार्दै दर्शक हसाउने अवस्था थिएन । उनलाई लाग्थ्यो, ‘निस्सासिएर आँखा रसाउन दिनु पनि त भएन ।’

गाउँबाटै शहर हुँदै विदेशसम्म ओहोरदोहोर गर्दै दर्शकश्रोता हसाँएका भिरखोइरेले गाउँमै इलमको बाटो समाउने भए । ‘लकडाउनका बेला कलाकारले आत्महत्या गर्नेसम्मका समाचारहरु आर्थिक स्थितिको कारणले आयो । सबैलाई थाहा छ, आर्थिक अवस्था राम्रो हुनपर्छ नै । भविष्य सोचेर अहिले हरेक कलाकारले कलाकारिताबाहेक अर्को कुनै व्यवसाय गरेका पनि छन्’, उनी भन्छन्, ‘लकडाउनको बेला के गर्ने होला ? के उपाय लाग्ला ? केही न केही त गर्नुपर्छ भनेर मौरी पाल्न सुरु गरें । मौरी सुरु गर्दा मैले जम्मा पाँच घारबाट सुरु गरेको हो ।’

पाँच घारबाट सुरु भएको मौरी पालनको यात्रा २०, ३० हुँदै ६० घारसम्म पु¥याए । तर, लकडाउन खुकुलो भएपछि उनको हिँडडुल बाक्लियो । फिटिक्कै घरमै नबस्ने बानी लाग्यो ।

‘मौरी भैराछ भनेर घरमा बास नबस्ने । बाहिर बाहिरै बढी हिँड्ने भैसकेपछि होइन म घरमै बस्नुपर्छ त्यसका लागि के गर्ने त ? मलाई सजाय के हो ? भन्दा बाख्रा पाल्नुपर्छ भनेर बाख्रा थपें’, उनले सुनाए ।

भिरखोइरेले २०७७ सालमा सात वटा खरी जातको बाख्राबाट बाख्रा पालन थालेका हुन् । आफूलाई बाँध्न सुरु गरेको बाख्रा पालनमा ४० बढी पुगेका छन् । उनका अनुुसार यो संख्या घटबढ भैरहन्छ ।

लकडाउन सुरु भएपछि थालेको मौरी र बाख्रा पालनमा उनी खुबै रमाएका छन् । ‘अहिले यस्तोमा भुलियो की जब मौरी र बाख्रा गरें म यिनीहरुसँग भुल्दाभुल्दै मैले बाहिरी संसार सबै बिर्सें । लगभग पाँच वर्षको अवधिमा आफ्नो जीवन, घरपरिवार सुखसँग खुशीले अँ छोराले यत्तिको ग¥यो है भन्ने बनाछु । मलाई ठूलो आशा पनि छैन । जे छ त्यसमा एकदमै खुशी छु’,उनका सन्तुष्टिका स्वरहरु निस्कन्छन् ।

भिरखोइरेले उत्पादन गरेको मह देशदेखि विदेशसम्म पुग्छ । उनका सामाजिक सञ्जालमा जोडिएका विदेश बस्ने नेपालीलाई माग पु¥याउनै धौं भएको उनी बताउँछन्

‘बर्षमा दुई सिजन मह काँढिन्छ । जेठमा पाँच सय र मंसिरमा पाँच सय केजी आयो भने मसँग माग २५ सय, तीन हजार केजीको हुन्छ । त्यो पु¥याउन सक्ने सम्भव नै छैन’, उनले थपे, ‘यसको बजार कति राम्रो छ कति । आफैं हेरेर, काँढेर, चाखेर मह खरिद गर्ने व्यवस्था मिलाएकाले पनि मसँग माग धेरै भएको हो ।’

मह प्रति केजी दुई हजार ५०० रुपैयाँमा घरमै आएर ग्राहकले लैजानेले भिरखोइरेले जानकारी दिए । उनका अनुसार पोखराका ग्राहकलाई घरसम्मै डेलिभरी गर्दिन्छन् शुल्क लिएर । ‘काठमाडौं त मैले पु¥याउनै सकेको छैन’, उनले दाबी गरे ।

मासिक दुईदेखि तीन वटा खसी बोका बिक्री हुने उनको भनाइ छ । त्यसबाट ६०÷६५ हजार रुपैयाँ मासिक आम्दानी हुन्छ रे । महबाट वार्षिक ८ देखि १० लाख रुपैयाँ गोजीमा पर्ने उनले बताए ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकका सुरजको कलाकारिताको यात्रा २०६४ सालबाट सुरु भएको हो । इन्टर पढ्न पोखरा झरेका उनले पृथ्वीनारायण (पिएन) क्याम्पसको स्टेजबाट हास्यव्यंग्य कलाकारिता सुरु गरे ।

त्यही वर्ष हास्यव्यंगले भरिएको ‘एके ४७’ मुक्तक संग्रह निकाले । २०६६ मा ‘माइन्ड फ्रेस’ र २०६७ मा ‘शल्यक्रिया’ मुक्तक संग्रह निकालेर कलाकारितामा आफूलाई थप चिनाए । रेडियो कार्यक्रममार्फत स्रोताको माया बटुले ।

उनले ‘मेची र कोशी बनायो’, ‘क्रिकेट जस्तो पिरती’, ‘दाई भनेर मरी’, ‘ओछ्यानमै मुत्ने पोइ परोस्’ आफ्नै शब्दमा गीत निकाले, अभिनय गरे । दुई दर्जन बढी म्युजिक भिडियोमा अभिनय गर्दा कलाकारितामा अग्लाइए ।

दर्शक हसाउनका लागि जिल्ला जिल्लामा हुने मेला महोत्सवको स्टेज चढेका भिरखोइरे भारत, कोरिया, हङकङ, बहराइन, कतार र ओमन कार्यक्रम गर्न पुगेको बताउछन् ।

‘किनभने कलाकारिता म भित्रैदेखि आउने हो । अझै पनि लेखनशैली कहीं हराएको छैन, लेखिरहेको छु । पुस्तक, फिल्ममार्फत केही वर्षपछि अवश्य नै आउनेछ’, उनले अहिले बाँचेको जिन्दगीबारे सुनाउँछन्, ‘बाख्रा र मौरीबाट आएको पसिना, मेहनतको मूल्य यहाँ यिनीहरुसँग खेल्दाभुल्दा कलाकारिता लगभग लगभग बिर्सिएजस्तै भैराछ । त्यतापट्टि रमाउनभन्दा यतै रमाउन सहज भैराको छ ।’

दशक लामो कलाकारिता यात्रालाई भूलेर उनी अहिले गाउँमै कृषि कर्ममा रमाइरहेका छन् । मौरीको भुनभुन र बाख्रा म्याँ.. उनका लागि सर्वप्रिय संगीत बनेको छ । भिरखोइरे भन्छन्, ‘मौरी, बाख्रा र म परिपूरक भएर अहिले एकदमै आनन्द अनि सुख तरिकाले खुशी जीवन बाँचिरहेको छु ।’

कृषि कर्मले बिर्से पनि कलाकारितालाई माया मार्न नसक्ने उनको भनाइ छ । ‘किनभने कलाकारिता म भित्रैदेखि आउने हो । अझै पनि लेखनशैली कहीं हराएको छैन, लेखिरहेको छु । पुस्तक, फिल्ममार्फत केही वर्षपछि अवश्य नै आउनेछ’, उनले अहिले बाँचेको जिन्दगीबारे सुनाउँछन्, ‘बाख्रा र मौरीबाट आएको पसिना, मेहनतको मूल्य यहाँ यिनीहरुसँग खेल्दाभुल्दा कलाकारिता लगभग लगभग बिर्सिएजस्तै भैराछ । त्यतापट्टि रमाउनभन्दा यतै रमाउन सहज भैराको छ ।’

लाखौं रुपैयाँ दलाललाई बुझाएर विदेशीनुभन्दा स्वदेशमै सम्भावना खोज्न युवापुस्तालाई उनको सुझाव छ । ‘सम्भावना छैन भन्ने होइन । गरेर हेर्नुस सम्भावना नेपालजस्तो देशमा अन्त कहीं पनि छैन । किनकी यहाँ ढुंगामा चराले विष्टाएको भरमा वर र पीपल उम्रन्छ । प्रकृतिले दिएको कुरालाई हामीले हुदैन भनेर विदेश ताक्ने होइन ।’

त्यत्रो वर्ष कलाकारितामा संघर्ष गरेको मान्छे अहिले मौरी र बाख्रा पालना किन ? वार्ताको अन्त्यतिर गरिएको प्रश्न खस्न नपाउदै उनको जवाफ आयो, ‘‘सधैं चलिन्छ, टिकिन्छ कलाकार भन्ने छैन । अहिले म खुशी र सन्तृष्टीको कुरा गर्दा कलाकारिताबाट नाम कमाएं । दाम कमाउन सकिनं । र त्यो कमाएको नामलाई प्रयोग गरेर व्यपार गरिरहेको छु ।’

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.