शुक्ला हिलेटारमा एकादशीको दिन ७० हजार भेटी संकलन


दुलेगौंडा


शुक्ला हिलेटार शिवालय मन्दिरमा मंगलबार ७० हजार ८८० रुपैयाँ भेटी संकलन भएको छ । एकादशीको दिन मेला भर्न आएका भक्तजनले उक्त रकम भेटी चढाएका हुन् ।


दानपेटीकामा  ४४ हजार ७५ रुपैयाँ र सहयोग रसिदमार्फत २६ हजार ८०५ रुपैयाँ संकलन भएको शुक्ला हिलेटार शिवालय मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष हरी खड्काले जानाकारी दिए ।


तनहुँको शुक्लागण्डकी नगरपालिका-४ र ८ पुल्चोकमा पर्ने शुक्ला हिलेटार क्षेत्रमा हरिबोधनी एकादशीको दिन मेला लाग्ने गर्छ ।


तनहुँसँगै कास्की र स्याङ्जाका गाउँगाउँबाट यहाँको मेला भर्न भक्तजन आउने गर्छन् । सेती नदीमा स्नान र फुलको डोलि ल्याइ तोरण तार्ने प्रचलन छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.