रविलाई  हिरासतमा राख्न थप १३  दिन म्याद थपियो


पोखरा

सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेलाई थप  १३ दिन हिरासतमा राखिने भएको छ ।
आइतबार जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले १३  दिन म्याद थप गरेको हो ।

सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले २५ दिनको म्याद थपको माग गरेको थियो ।

रवि कार्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ परेका थिए । कात्तिक ३ गते विहानपख पोखरा ल्याइएकोमा कात्तिक ४ गते जिल्ला अदालत कास्की पेश गरिएको थियो । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सुरुमा ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो। त्यसपछि दोस्रो पटक ७ दिनको म्याद थपिएकोमा पछिल्लो पटक कात्तिक २० गते १० दिनको म्याद  थपिएको हो ।
रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी) सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाइ र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि १३ दिन म्याद थपिएको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.