तनहुँ खबर

हवाई यात्रामा सास्ती नदिन मुख्यमन्त्री पाण्डेको निर्देशन

 

पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हवाई यात्रामा एयरलायन्स कम्पनीले नागरिकलाई सास्ती दिएको बताएका छन् ।

चाडवाड र विपद्का बेला नागरिकलाई सहज सेवा दिन पोखराबाट उडान भर्ने एयरलायन्स कम्पनीलाई सास्ती नदिन मुख्यमन्त्री पाण्डेले निर्देशनसमेत दिएका छन् ।

एयरलायन्स कम्पनीले भाडा बढाएको, हवाई यात्रामा सास्ती दिएको गुनासो आएपछि उनले पोखराबाट सेवा संचालन गर्ने एयरलायन्स कम्पनी र नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिलाई सहज सेवा दिन निर्देशन दिएका हुन् ।

‘चाडपर्वको समय छ । अहिले विपद्का कारण राजमार्ग अवरुद्ध छन् । यस्तो समयमा सेवा सरल, सहज र सहुलियत बनाउनुपर्छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘यो संवेदनशील हुने बेला हो । मौका छोप्ने बेला होईन ।’ गण्डकी प्रदेशका अधिकांश जिल्ला जोड्ने सडकसँगै संघीय राजधानीसँग जोडिने पृथ्वी राजमार्गको बाढी पहिरोले कन्तविजोग हुँदा चाडको मुखमा यात्रुले सास्ती भोग्नुपरेको छ । त्यही मौका छोपेर एयरलायन्स कम्पनीले भाडा मंहाएका थिए ।

एयरलायन्स कम्पनीका प्रतिनिधिलाई सोमबार उनले माथिल्लो तहमा सहजीकरण गरेर तत्काल गुनासो सुनुवाई गर्न अनुरोध गरे । ‘चाडपर्वको बेला सकेसम्म फ्लाइट थपेर सेवालाई अझै सहज बनाउनुपर्छ’ उनको भनाइ थियो ।

 

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!