दुलेगौंडा । गुरुङ्ग समुदायको महान पर्व तमु ल्होसालको अवसरमा तनहुँमा विभिन्न कार्यक्रमहरु भईरहेका छन् ।
भोली आईतबार परेको तमु ल्होसारको पुर्वसन्ध्या पारेर शनिबार जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेका गुरुङ समुदायले सांस्कृतिक झाँकी प्रदर्शनी सहित शुभकामना आदानप्रदान गरे ।
शुक्लागण्डकी नगरपालिकाको सभाहलमा सहभागि भएका सयौँ तमु समुदायका नागरिकहरुको उपस्थितीलाई सम्बोधन गर्दै नगर प्रमुख कृष्णराज पण्डितले नेपालको विकासमा गुरुङ्ग समुदायको भूमिका महत्वपूर्ण बताए । उनले नगरपालिका भित्र रहेका १४ प्रतिशत गुरुङ समुदायको कला र संस्कृति विकास गर्न नगरपालिका ढृण रहेको बताए । उनले गुरुङ समुदायको बाहुल्यता रहेको ग्रामिण बस्तीहरुमा बसाई सराईको प्रभाव पर्दा कला र संस्कृति हराउन थालेका उनले बताए । उनले सरकारले गाउँको विकासमा जोड दिएको जानकारी दिदै बसाई गाउँको विकासका लागि नागरिक स्तरबाट समेत योगदान हुनुपर्ने बताए ।
कार्यक्रममा नगर उपप्रमुख खुमबहादुर विक राजुले नेपाल एकिकरणमा गुरुङ्ग समुदायले योगदान पु¥याए पनि उचित मुल्याङ्कन भएको बताए । उनले गुरुङ्ग समुदायले देश बचाउन देखी चिनाउनसम्म नेतृत्व गरेको दावि गरे ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका विभिन्न वडाहरुहरुका वडाध्यक्ष, जातीय संघसंस्थाका प्रतिनिधीहरु सहभागि भएका थिए ।
नगर समितिका अध्यक्ष मनराज गुरुङ्गले गुरुङ्ग समुदायको एकताका लागि समाजले पहल गरिरहेको बताए । उनले पितृसतात्मक देशमा मातृ प्रधान समुदाय पछि पर्नु दुर्भाग्य भएको भन्दै अधिकारको लडाईमा अघि बढ्न आवश्यक रहेको बताए । कार्यक्रममा स्वागत उपाध्यक्ष रुपा गुरुङ्गले र सञ्चारकर्मी ममता गुरुङ्गले सञ्चालन गरेकी थिईन् ।