तनहुँ खबर

`गुरुङ महिलाको अधिकार स्थापित हुनुपर्दछ´

कोत्रे । गुरुङ समुदायको मुख्य पर्व ल्होसारको अवसरमा तनहुँमा विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रमहरु भई रहेका छन् । तमु ह्युला छोँज धिँ शुक्लागण्डकी नगर समिती आयोजनामा गुरुङ समुदायको संस्कार र संस्कृति जोगाउन अन्तरक्रिया कार्यक्रम भएको हो ।

गत हप्ता समितिको आयोजनामा भएको अन्तरक्रियामा केन्द्रिय उपाध्यक्ष विरबहादुर गुरुङ, संस्कृत विद यारजंङ गुरुङ अधिकारकर्मी हरिसिं गुरुङ लगायतले गुरुङ समुदायको संस्कृति जोगाउन पहल गर्नुका साथै जातीय अधिकारका निम्ती एक हुनुपर्नेमा जोड दिएका थिए ।

यस्तै शुक्रबार समितिको आयोजनामा कोत्रेमा सम्पन्न भएको कार्यक्रममा तमु ह्युला छोँज धिँ केन्द्रिय सचिवालय सदस्य विष्णुमाया गुरुङ, अधिवक्ता जुना गुरुङ र बन्दिपुर गाउँपालिकाकी पूर्व उपाध्यक्ष करुणा गुरुङले गुरुङ समुदायको महिलाहरुको अधिकार स्थापित हुनुपर्नेमा जोड दिए । उनिहरुले गुरुङ महिलाहरु घरमा मात्रै सिमित नभएर समाज र राजनीतिक नेतृत्वका लागि अघि बढ्नुपर्ने बताए ।

नगर समितिका अध्यक्ष मनराज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस शुक्लागण्डकीका सभापति गोपिबहादुर गुरुङ, जिल्ला समितिका उपाध्यक्ष आशादेवी गुरुङ, प्रज्वल गुरुङ लगायतले जातीय एकता र समृद्धिमा पहल गर्नुपर्ने बताए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!