तनहुँ खबर

भिमाद अर्ना कप फुटबल प्रतियोगितामा शुक्लागण्डकीको विजयी सुरुवात


भिमाद ।
विहिबारबाट सुरु भएको भिमाद अर्ना कप ११ ए साईट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा शुक्लागण्डकी युवा क्लवले विजयी सुरुवात गरेको छ । नेपाल युनाटेड युकेलाई २–१ गोल अन्तरले पराजित गर्दै शुक्लागण्डकी क्वाटर फाईलनमा प्रवेश गरेको छ ।
हिन्दुहरुको पर्व हरिवोधनी एकादशीको अवसरमा युवा क्लव भिमादले आयोजना गरेको फुटबल प्रतियोगितामा शुक्लाण्डकी युवा क्लवका अविशेक रानाले पहिलो हाल्फको अतिरिक्त समयमा गोल गर्दै आफ्नो समुहलाई अग्रता दिलाएको थिए ।


यस्तौ नेपाल युनाईटेडका आकाश थापाले ५२ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । यस्तै शुक्लागण्डकी युवा क्लवका क्याप्टेन घाम गुरुङले खेलको ७१ औँ मिनेटमा गोल थप गर्दै टिमलाई जिताउन सफल भए ।
शुक्रबार डेढगाउँ फुटबल क्लव र युवा क्लव भिमाद (निलो) विच पहिलो तथा संगम फुटबल क्लव र ज्योति पुञ्ज युवा क्लव विच दोस्रो खेल हुने खेल संयोजक ज्ञानेन्द्र गुरुङले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने समुहले नगद २ लाख २२ हजार २ सय २२, द्धितियले १ लाख १ हजार १ सय ११ रुपैया साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् । भिमाद रंगशालामा सुरु प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट फर्वाड र डिफेन्डर नगद ५/५ हजार सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक ज्ञानेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा १२ समुह सहभागि छन् ।
यस अघि प्रतियोगिताको उद्घाटन गर्दै गर्दै भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदीले फुटबल प्रतियोगिताले भिमादको गौरव बढाउन सहयोग पु¥याएको बताए । उनले प्रतियोगिता सफल पार्न नगरपालिकाले सहयोग पु¥याउने जनाए ।
क्लवका अध्यक्ष ज्ञानबहादुर थापाको सभापतित्वमा भएको प्रतियोगितामा भिमाद नगरपालिकाकी उपप्रमुख शारदा खनाल, क्लवका सचिव सुनिल श्रेष्ठ लगायतले बोलेका थिए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!