तनहुँ खबर

‘भिमाद अर्ना कप फुटबल प्रतियोगिता’ हुदै

भिमाद । तनहुँको भिमादमा उत्कृष्ट धनराशी सहितको फुटबल प्रतियोगिता हुने भएको छ । युवा क्लव भिमादले हरिशयनी एकादशीको अवसरमा ‘भिमाद अर्ना कप फुटबल प्रतियोगिता २०८०’ आयोजना गरेको हो । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका खेलाडीहरु उपस्थितीमा हुने प्रतियोगिताको तयारीमा पुरा भएको आयोजक युवा क्लव भिमाद सचिव सुनिल श्रेष्ठले जानकारी दिए ।

यस पटकको प्रतियोगितामा ख्यातिप्राप्त राष्ट्रिय खेलाडीका साथै विदेशी खेलाडी समेत सहभागि हुने आयोजकले दावि गरेको छ । क्लवले स्थानीय खेलाडीलाई अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका खेलाडीहरुसँग खेल्ने अवसर प्रदान गर्नुका साथै विज्ञ खेलाडीका खेल कौशल सिक्ने मौका उपलब्ध गराउने उदेश्य लिएको छ ।

श्रेष्ठका अनुसार भिमाद युवा क्लवको चौथो संस्करण र अर्ना ब्रुअरी सप्लायर्स मुख्य प्रायोजक रहेको यो पहिलो ११ ए साईट प्रतियोगिता रहेको छ । युवा क्लव भिमादले एकादशीको अवसरमा यस अघि समेत फुटबल प्रतियोगिता गर्दै आएको थियो । यो प्रतियोगितामा प्रथम हुने समुहले दुई लाख २२ हजार दुई सय २२ सहित सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने दोस्रो हुने समुहले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

प्रतियोगमा उत्कृष्ट खेलाडीले नगद १० हजार र सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर तथा उत्कृष्ट डिफेन्डर समाज पाँच हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा विभिन्न जिल्ला तथा क्लवबाट सहभागि हुने १६ समुहले आगामी १३ गतेसम्म प्रतिष्पर्धा गर्ने क्लवका अध्यक्ष ज्ञानबहादुर थापाले जानकारी दिए । विहिबारबाट सुरु हुने खेल प्रतियोगिताको भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!