दुलेगौंडा, ११ असोज । सहकारीको रकम हिनामिना गरेको आरोपमा भानुमती साना किसान कृषी सहकारीका प्रबन्धक पक्राउ परेका छन ।
लामो समयसम्म सहकारीको प्रबन्धक रहेका चुत्र बहादुर थापा २ करोड ६९ लाख ७१ रुपैया हिनामिना गरेको आरोपमा पक्राउ परेका हुन । भिमाद–९ सखेपमा रहेको भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक थापालाई प्रहरीले बुधवार पक्राउ गरेको हो ।
थापाले बिभिन्न मितिमा संस्थाको सेयर रकम,बचत रकम र १ सय ३० जना सेयर सदस्यको नाममा काल्पनिक ऋण (कर्जा) जनाई आर्थिक हिनामिना गरेको भन्दै सदस्यहरुले जाहेरी दिएका थिए ।
तनहुँ प्रहरी प्रवक्ता डिएसपी मोहन बहादुर खाँडका अनुसार विहिवार अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक गणेश सुवेदीको नेतृत्व र भिमाद प्रहरीको समन्वयमा गएको प्रहरीले उनलाई पक्राउ गरिएको हो ।