तनहुँ खबर

आज ऋषिपञ्चमी, अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं आज ऋषिपञ्चमी हिन्दू नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन्

महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईकोगोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्

काठमाडौंको गौरीघाट लगायत विभिन्न शक्तिपीठ नदी किनारमा सप्तऋषिको पूजा गर्ने ब्रतालुको घुँइचो लागेको

रजस्वलाका समयमा छाईछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाटमुक्ति पाइने धार्मिक विश्वास

राजस्वला हुनु महिलाको शारीरिक तन्दुरुस्तीको पाटो भएकाले यसलाई कुरितीमा जोडेर व्यवहार गर्न हुने कतिपय अधिकारवादीहरुकोमत

नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वासगरिन्छ

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!