तनहुँ खबर

तिज पर्वको दर खाने दिन आज

काठमाडौं । हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न मीठा परिकार खाँदै रमाइलो गर्ने चलन छ ।

दर खाएको भोलिपल्ट (तीजको दिन) निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ । हरितालिका तीजको अघिल्लो दिन (एक दिन मात्र) दरखाने परम्परा रहे पनि  शहरी क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने र खुवाउने चलन चलेको छ । साथै विभिन्न संघसंस्था र कार्यालयहरुले तीज मिलन कार्यक्रम गर्ने चलन पनि चलेको छ ।

परापूर्व कालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पुरा भएको विश्वासका साथ विवाहित महिलाहरु पतिको सुवास्थ्य र दीर्घायूको कामना गर्दै तथा अविवाहिताहरु सुयोग्य बर पाउने कामना गर्दै तीजको व्रत बसी पूजा शिवको पूजा गर्ने चलन छ । तीजको दिन पशुपति लगायतका देशभरका शिवालयहरुमा व्रतालुको घुइँचो लाग्दछ । पूजाआजा पछि महिला र पुरुषहरु भेला भएर तीजको गीत गाउँदै नाच्ने चलन पनि छ ।

तिज पर्वको अवसरमा गाईने मौलिक गित झोरा को संरक्षण गर्नका अहिले तनहुँका विभिन्न शहरहरुमा प्रतियोगितात्मक कार्यक्रममा आयोजना गरिएको छ । विविध सास्कृति सहितका मनोरञ्जनात्मक कार्यक्रमहरुमा गरेर तिज पर्व मनाउने तयारी तनहुँमा भईरहेको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!