तनहुँ खबर

चन्दादातालाई टोल टोलमै सम्मान

दुलेगौंडा । हिन्दु संस्कार अनुसार खोला नदीको किनारमा अन्त्येष्टी गर्न प्रचलनलाई व्यवस्थित गर्न तनहुँको शुक्लागण्डकी नगरपालिका ५ मा निर्माण गरिएको शवदाह गृह बनाउन आर्थिक सहयोग गरेको चन्दादाताहरु सम्मानित भएको छन् ।

शुक्ला नागढुङ्गा शवदाह गृह व्यवस्थापन समितिले चन्दादाताले उनीहरुको टोल टोलमै कार्यक्रम आयोजना गरि सम्मान गरेको हो । संस्थाले शुक्लागण्डकी नगरपालिका क्षेत्रका विभिन्न स्थानमा रहेका ४३० जनालाई टोलमै पुगेर सम्मान गरेको थियो । पाँच हजार भन्दा बढी आर्थिक सहयोग गरेका चन्दादाताहरुलाई संस्थाको तर्पmबाट सम्मान गरिएको समितिका सचिव हरिराज अधिकारीले जानकारी दिए । स शवदाह गृह व्यवस्थापन समितिले पूर्व निर्धारित मापदण्ड अनुसार चन्दादाताहरुलाई सम्मान गरिएको अधिकारीले बताए ।

सम्मानका लागि विभिन्न मितिमा आयोजना गरिएको कार्यक्रममा चन्दादाताहरुलाई पुर्वमन्त्री आशा कोईराला, शुक्लागण्डकी नगरपालिकाका पुर्वमेयर किसान गुरुङ्ग, पुर्व उपप्रमुख सविता रसाईली, गण्डकी प्रदेश सभा सदस्य श्याम राजा महत, शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक राजुको प्रमुख आतिथ्यतामा सम्मान गरिएको थियो ।

जसरी चन्दा संकलन गर्न टोल टोलमा गएको थियो, त्यसरी नै सम्मान कार्यक्रम पनि चन्दादाताहरुकै टोलमा गएर गरिएको अध्यक्ष बाबुराम कार्कीले बताए । उनका अनुसार आइतबार शुक्लागण्डकी–५, स्थित नयाँ गाउँ र बेलचौतराका विभिन्न टोलका चन्दादाताहरुलाई सम्मान गरिएको छ ।

जनस्तरबाट संकलित चन्दाबाट शवदाह गृहसंगै पार्क समेत निर्माण गरिएको छ । यस क्षेत्रलाई समितिले धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्यका साथ विभिन्न कामहरु गरिरहेको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!