पोखरा
शुक्रबार साँझ कास्की प्रहरीले गोप्य सूचना पायो, ‘अवैध सुुन तथा चाँदीको कारोबार भइरहेको’ । सूचना पाएको प्रहरीले एउटा अप्रेशन चलायो, जसको नाम दिइएको थियो ‘अप्रेसन यल्लो मेटल’ । ‘अप्रेसन यल्लो मेटल’ मार्फत जिल्ला प्रहरी कार्यालय कास्की नजिकै रहेको चिप्लेढुंगादेखि तेर्सापट्टि, भैरव टोल, मोहोरियाटोलसम्म छापा हान्यो ।
छापा हान्दा प्रहरीले ११ करोड रुपैयाँ बढीको सुनचाँदीको गरहगहनासहित ११ जनालाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलियाका अनुसार ‘अप्रेसन यल्लो मेटल’ मार्फत ६ किलो ४०० ग्राम सुन, ४४४ तोला ७३.९ लाल चाँदीसँगै ५ लाख १४ हजार ६६५ रुपैयाँ नगद बराम भएको छ । बरामद सुन चाँदीको शनिबारको बजार मुुल्य अनुसार ११ करोड १० लाख ५३ हजार रुपैयाँ हाराहारी पर्छ ।
भारत महाराष्ट्रका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगतापको साथबाट ११ तोला २०.६ लाल सुन, २९६ तोला ३३ लाल चाँदी र नगद १ लाख ६० हजार ५०० रुपैयाँसहित पक्राउ परेका हुन् । कलकत्ताका ४५ वर्षीय मनिकलाल आदकबाट १३ तोला १७ लाल सुन र १० तोला ५५ लाल चाँदी बरामद गरिएको हो ।
हुग्लीका ३५ वर्षीय सन्दीप ढावसँग ३ तोला ८ लाल सुन बरामद भयो । पश्चिम बंगालका ४१ वर्षीय सोमनाथ पालसँग १२ तोला १२.७ लाल सुन र ९ तोला ५९.४ लाल चाँदी बरामद भएको छ ।
कलकत्ताका ४७ वर्षीय दीपक सामन्तसँग ३८ तोला ५ लाल सुन र ३० तोला ११ लाल चाँदी फेला परेको कास्की प्रहरी प्रमुख ओलियाले बताए । उनका अनुसार मेद्नापुरका ४७ वर्षीय गोविन्दा दिण्डाको साथबाट मात्र २ सय १० तोला ८९ लाल सुन बरामद गरिएको छ ।
कलकत्ता हाउडाका ३५ वर्षीय असित वरको साथबाट ८६ तोला ८७.१ लाल सुन र ३१.५ लाल चाँदी बरामद भएको छ ।
कलकत्ता पश्चिम मेद्नापुरका ४४ वर्षीय तापस सामन्तबाट २४ तोला १५ लाल सुन, मेद्नापुरका ३८ वर्षीय उज्वल भोमिकसँग ५ तोला ४६.९ लाल सुन बरामद गरिएको छ ।
महाराष्ट्र पुनेकी ४० वर्षीया सुनिता पवारको घरबाट २ तोला ५० लाल सुन र ९३ तोला ६१ लाल चाँदी फेला परेको छ ।
४९ वर्षीय प्रोभास माझीको साथबाट ८८ तोला ३१ लाल सुन र नगद १ लाख ८५ हजार फेला प¥यो ।
सन्जय ढावबाट १३ तोला ५८ लाल सुन, ४ तोला २३ लाल चाँदी र नगद १ लाख ६९ हजार १५५ रुपैयाँ बरामद भएको छ ।
पक्राउ परेकाहरु १५ देखि ३० बर्षसम्म पोखरामा बसेर सुनचाँदीका काम गर्दै आइरहेका हुन् ।
ओलियाले पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि बरामद गरिएको सामग्रीसहित राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइने जानकारी दिए ।