किसानको सम्मानमा खुर्पी र कुटो उपहार

दुलेगौंडा
आँबुखैरेनी गाउँपालिकाका ९ जना किसानलाई कृषि उद्यमी कल्पना गौलीले कृषि औजार प्रदान गरेर सम्मान गरेकी छन् ।

आँबुखैरेनी गाउँपालिकामा सञ्चालित शुक्रबारे हाटबजारमा स्थानीय कृषि उपज बिक्रिका लागि आएका ९ जना महिला किसानलाई सम्मान गरेकी हुन् ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, कृषि शाखा प्रमुख सन्तोष केसी लगायतको उपस्थितिमा उद्यमी गौलीले सम्मान गरेकी हुन् । आँबुखैरेनीको छिम्केश्वरी, हिलेखर्क, भोटेश्वारा, लाब्दी लगायतका गाउँबाट स्थानीय कृषि उपज बिक्रिका लागि हाटबजार झरेका किसान सन्तकुमारी चेपाङ, बसुन्धरा गुरूङ, दिलमाया गुरूङ, लालक्षी गुरुङ, संगीता गुरुङ, भात्री गुरुङ, सपना थापा, टेकमाया गुरुङ र सीता श्रेष्ठलाई १÷१ थान कुटो र खुर्पी प्रदान गरि सम्मान गरेको गौलीले बताइन् ।

व्यवसायिक रूपमा ड्रागन फ्रुट्सको खेती गरिरहेकी माँ अम्बे अलौकिक कृषि फार्मकी सञ्चालक गौलीले आम्दानीको केही हिस्सा सामाजिक सेवामा खर्च गर्ने गरेको बताईन् । कृषि पेशालाई महत्त्वपूर्ण र सम्मानित पेशाको रूपमा स्थापित गर्न किसानलाई सम्मान गरेको गौलीको भनाई छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.