तनहुँ
वाइसिएल गण्डकी प्रदेश कमिटि इञ्चार्ज शरण सापकोटालाई दिइएको छ । हालै भएको बैठकले सापकोटालाई गण्डकी इञ्चार्जको जिम्मेवारी तोकेको हो ।
उनी नेकपा माओवादी निकट भातृ संगठन वाइसिएलको केन्द्रिय उपमहासचिव हुन् । यसअघि गण्डकी संयोजक थिए ।
तनहुँको शुक्लाण्डकी नगरपालिका–२ गाछेपानीका सापकोटा नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर समितिका अध्यक्षसमेत हुन् ।