तनहुँ खबर

फेरी होमस्टे खोज्दै आए पर्यटक

दुलेगौंडा । केही समय यता ग्रामिण क्षेत्रका विकास र प्रवद्र्धन गर्न विभिन्न गाउँहरुमा सञ्चालनमा आएका ग्रामिण घरबास कार्यक्रम(होमस्टे) सुनसान बनेको थिए । मौसम र देशको अर्थतन्त्र प्रतिकुल बन्दै जाँदा गाउँ गाउँमा पर्यटक कुरेर बसेको होमस्टे संञ्चालकहरुमा आशा पलाउन थालेको छ ।

उचित प्रचारप्रसार समेत नहुदाँ २३ बर्ष अघि घोषित मिलेनियम ट्रेकमा पर्यटन ब्यवसायि चन्दबहादुर जिटीले पर्यटक पु¥याएका छन् । तनहुँको गाछेपानीबाट सुरु भई स्याङ्जाको सुन्तलाबारीसम्म पुगेर समापन गर्न सकिने सात दिने ट्रेकिङको बारेमा जानकारी दिन जिसीले पथप्रदर्शक सहितको टोली भ्रमणमा ल्याएका हुन् ।

ग्रामिण संस्कृति, उत्पादन, दृश्यका साथै जंगली पशुपंक्षीको दृश्यावलोकन गर्न सकिने यो ट्रेनिक रुटमा पर्यटक भित्राउन जिटीको प्लान हिमालय ट्रेक एण्ड एक्सपेडिशन प्रालिले सहयोग गरेको लामो समयदेखि पथप्रदर्शकको अनुभव संगालेका कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार भुजिकोट, तिवेतियन क्याम्प, बाजथला, लामागाउँ, घडेरी, कोल्मा, प्यारसिङ, हट्टिया, राङरुङ हुदै भागरको यात्रामा पथप्रदर्शकहरु सहभागि भएका थिए । मिलेनियम ट्रेक सँगै रहेको यो रुटमा समेत पर्यटकहरुलाई ल्याउन दिलिप आचार्य, गौतम नेपाली, प्रेम दाहाल, दुर्गाप्रसाद तिमिल्सेना, डुवनाथ तिनपाने, विष्णु देवकोटा र कुमार श्रेष्ठ सहभागि भएका थिए ।

aउनीहरुले मिलेनियम ट्रेकको सम्भावना हुदाँ हुदै समेत पर्यटकहरुलाई राम्रो जानकारी नभएका हुदाँ आफुहरुले जानकारी दिने र पर्यटकहरुलाई ल्याउन प्रयास गर्ने बताएका थिए । मिलेनियम पदमार्गमा आउने पर्यटकलाई लक्षित गरि १७ वटामा गाउँमा होमस्टे सञ्चालनमा ल्याईएको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!