दुलेगौंडा । आईतबार विहान परेको अविरल बर्षाले तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न क्षेत्रमा क्षति पु¥याएको छ ।
नगरपालिकाको वडा नम्वर १२ र ९ नम्वर वडालाई सिमाना बनाएर बग्दै आएका हाँडी खोलामा आएको बाढीले फिरफिरे अर्गानिक एग्रिकल्चर फार्ममा ठुलो क्षति पु¥याएको हो । ६० रोपनी क्षेत्रफलमा फैलिएको फार्म मध्ये १३ रोपनी क्षेत्रफलमा निर्माण गरिएको दुई माछा पोखरीमा बाढीले क्षति पु¥याएको सञ्चालक कोषबहादुर तामाङले जानकारी दिए । तामाङका अनुसार माछा पोखरीमा ३० हजार माछाको भूराहरु पालन गरिएको थियो । ‘बेच्न ठिक्क भएको २५ सय किलो माछा सहित करिव १० लाखको क्षति भएको छ ।’
रातको समयमा आएको बाढीले भाटडाँडा जाने कल्वर्ट समेत बगाएर क्षति पु¥याएको थियो । स्थानीयका अनुसार प्राविधिक रुपमा कल्वर्ट निर्माणमा मापदण्ड विपरित संरचना निर्माण भएको थियो । सोही समस्याका कारण क्षति व्यहोर्नुपरेको उनीहरुको भनाई छ । फार्ममा मकै, बेसार, उखु, तरकारी सहित चार युवाले फलफुल समेत उत्पादन गर्दै आएका छन् ।
भिडियो :