दुलेगौंडा । लायन्स क्लव अफ शुक्लागण्डकीले आयोजना गरेको रक्तदान कार्यक्रम मार्फत दुई सय २२ पिन्ट रगत संकलन भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका स्थित दुलेगौडामा सम्पन्न कार्यक्रम मार्फत उक्त संख्यामा रकत संकलन गरिएको कार्यक्रम संयोजक तथा क्लवका डिष्ट्रिक एडभाईजर तिर्थराज खनालले जानकारी दिए ।
सामाजिक सेवामा समर्पित रहेको क्लवद्धारा आयोजित कार्यक्रममा लायन्सकर्मी सहित विभिन्न संघ संस्थाको समेत सहभागिताले बृहत रुपमा रगत संकलन गर्न सकिएको अध्यक्ष लायन खुमबहादुर राईले बताए । राईले हाल रगतको अभावपूर्ति गर्न सहयोग गर्नुका साथै रक्तदानप्रति नागरिक सचेतना जगाउन कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
कार्यक्रममा सहभागि हुन दुलेगौडा आएकी प्रमुख अतिथी भागवत मञ्जरी राधिका दासीजीले रक्तदान जीवनको एक उत्कृष्ट कार्य भएको दावि गरिन् । उनले रगत दान गरेर दोस्रो ब्यक्तिको प्राण बचाउनुलाई महत्वपूर्ण मान्नुपर्ने बताउदै लायन्सको सामाजिक सेवा भावबाट प्रेरित रहेको समेत बताईन् ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिका – ४ का वडाध्यक्ष राजकुमार वाग्ले, वडाध्यक्ष तथा एमजेएफ लायन बुद्धिबहादुर थापा, डिष्ट्रिक चिफ एमजेएफ लायन मोतिप्रसाद पौडेल, क्लवका रिजन चेयर पर्सन लायन सुजनकुमार श्रेष्ठ, रक्त संकलन केन्द्र पोखराका प्रमुख ठाकुर प्रसाद अधिकारी लगायतले रक्तदान कार्यक्रम लाई नागरिक स्तरमा चेतनाको रुपमा विकास गर्नुलाई सकरात्मक रुपमा बुझ्नुपर्नेमा जोड दिएका थिए ।