पोखरा
कास्कीबाट लागु औषधसहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी टोलिले भण्डारढिक नयाँवस्तीबाट पक्राउ गरेको हो ।
भण्डारढिक बस्ने २६ बर्षीय कपिल घिमिरेले लागु औषधको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा खानतलासी लिँदा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
घिमिरे सुत्ने कोठाको भित्तामा कालो झोलाभित्र लुकाइछिपाई राखेको डाईजापाम २२८ एम्पूल, फेनेरागन २१२ एम्पुल र बुर्फिन २२२ एम्पूल बरामद गरेको उनको भनाइ छ ।
उनलाई जिल्ला अदालत कास्कीबाट लागु औषध सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।