तनहुँ
गोरखा नगरपालिका–५ मा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार १० जनाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
नेकपा एमालेको तर्फबाट दुर्गामाया थापा, नेपाली कांग्रेसबाट भाइकाजी आले र नेकपा माओवादी केन्द्रका विष्णुबहादुर मगरले उम्मेदवारी दर्ता गराए ।
एकीकृत समाजवादीका खंगबहादुर भुजेल, राष्ट्रिय स्वतन्त्र पार्टीका मंगलबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबका कल्पना राना, नेपाल समाजवादी पार्टीका रुपेश मगराती र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रुपसिंह राना, मंगोल नेशनल अर्गनाइजेसनबाट भवानी थापा मगर र नेशनल रिपब्लिक नेपालबाट सविना तामाङले मनोनयन दर्ता गराएका हुन् ।
२०७९ मा स्थानीय तह निर्वाचनमा यो वडामा नेकपा एमालेका खिलबहादुर रानाले वडाध्यक्षमा जितेका थिए । रानाको २०७९ साल कात्तिक १० गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । एमालेले खिलबहादुरकी पत्नी दुर्गामाया थापालाई उम्मेदवार बनाएको हो ।