दुलेगौंडा
शुक्लागण्डकी जेसीजको सप्ताहन्त कार्यक्रम सकिएको छ । शनिबार शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघमा निर्वाचित शुक्लागण्डकी जेसीजका सदस्यलाई सम्मान गर्दै समापन गरिएको हो ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित समुन्द्रराम श्रेष्ठ र महासचिवमा निर्वाचित सुजन श्रेष्ठ जेसीजबाट सम्मानित भए । उनीहरु दुवै जना शुक्लागण्डकी जेसीजका पूर्वअध्यक्ष हुन् ।
मंगलबारदेखि शुक्लागण्डकी जेसीजले सप्ताहन्त सुरु गरेको हो । गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा ‘वाटर डिस्पेन्सर’ हस्तानतरण गरेर सप्ताहन्त कार्यक्रमको उद्घाटन भएको थियो । त्यही दिन दिउँसो शुक्लागण्डकी नगरपालिका–४ र ८ मा शुक्ला हिलेटार पुल्चोकमा भएको हरिबोधनी एकादशी मेलामा निशुल्क पिउनेपानी वितरणसँगै निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको भयो ।
शुक्रबार इलाका प्रहरी कार्यालय बेलचौतारामा विस्तारै मोटरसाइकल चलाउने प्रतियोगितासँगै ट्राफिक सचेतना कार्यक्रमको गरिएको छ । शुक्रबार नै नेपाल प्रहरी स्कुल बेलचौतारामा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता भएको हो । शनिबार निर्मल आधारभूत विद्यालय वन्केवामा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
जेसीज सप्ताहन्तको समापनमा बोल्दै शुक्लागण्डकी नगरपालिका–४ का वडाध्यक्ष राजकुमार वाग्लेले युवाहरु विकृती विसंगती हटाउदै समाज परीवर्तनमा लाग्नुपर्ने बताए । भ्रष्टाचारमा नलाग्ने असल नेतृत्व उत्पादनको आवश्यकता उनले औंल्याए । ‘जनप्रतिनिधिले गरेका खराब काम बाहिर ल्याइदिनु तब पो परीवर्तन हुन्छ । युवाहरु तात्यो भने असम्भवन हुदैन’, उनले भने ।
शुक्लागण्डकी जेसीजको पूर्वअध्यक्ष क्लबका अध्यक्ष रविन्द्रराज पौडेलले युवाहरु सामाजिक सेवामा समर्पित हुनुपर्ने बताए ।
नेपाल पुलिस स्कुल बेलचौताराका प्राचार्य डिकेन्द्र रायमाझीले जेसीज सप्ताहन्तमा प्रंशसनीय काम भएको बताए ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले जेसीजले युवाको नेतृत्व विकासमा सघाइरहेको बताए । अहिले हरेक तहको नेतृत्वमा जेसीजका उत्पादन रहेको उनको भनाइ छ ।
लेखनाथ जेसीजका अध्यक्ष प्रकाश राइभाटले संघसंस्था चलाउन हरेक सदस्यको उत्तिकै भूमिका रहने उल्लेख गरे ।
कार्यक्रममा शुक्लागण्डकी जेसीजका अध्यक्ष रमेश भण्डारी, कार्यकाराणी उपाध्यक्ष सुशिल थापा भुजेल, अनिष ढकाल, सहसचिव मदन सिग्देल, सदस्यहरु भीष्म श्रेष्ठ, सुनिल श्रेष्ठ लगायतले बोलेका थिए । जेसीज सप्ताहन्तका कार्यक्रम संयोजक र सहयोगदातालाई समापनको अवसरमा सम्मान गरिएको छ ।