शुक्लागण्डकीमा निशुल्क स्वास्थ्य शिविर, २५९ जना महिलामा पाठेघरको समस्या

दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिकामा विशेषज्ञ डाक्टरसहितको स्त्री रोग सम्बन्धी निशुल्क स्वास्थ्य परीक्षण तथा उपचार शिविर भएको छ ।

शुक्लागण्डकी नगरपालिका र स्वदेशी नेपालले १२ वटै वडालाई लक्षित गरेर शिविर गरेको हो ।

शिविरमा ५३५ जनाले स्वास्थ्य परीक्षण गराएको स्वास्थ्य शाखा प्रमुख ढालबहादुर थापाले जानकारी दिए । उनका अनुुसार २५९ जनामा पाठेघर सम्बन्धि समस्या देखिएको छ ।

‘शिविरमा ३५ जनाको रिङ राखिएको छ । ८ जनाको अप्रेसन गर्नुपर्नेछ’, उनले भने, ‘उनीहरुको निशुल्क अप्रेसनको व्यवस्था मिलाइएको छ ।’
चिर मेमोरियल हस्पिटल बनेपामा निशुल्क अप्रेसन गरिने उनले जानकारी दिए ।

आइतबार ढोरफूलबारी शहीद अस्पातलमा सुरु भएको शिविर शुक्रबार स्याउलीबजार आधारभूत स्वास्थ्य केन्द्र बगैचामा समापन गरिएको छ । थप्रेक, लामागाउँ, दुलेगौंडामा समेत शिविर सञ्चालन भएको थियो ।

वुमन फर वुमन फाउण्डेसन नेदरल्याण्ड र वाइल्ड गान्जेन फाउण्डेसनको सहयोगमा भएको शिविरमा स्त्री रोग विशेषज्ञसहितको टोलीले सेवा दिएको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.